image
नेपाली समाजमा धार्मिक र साम्प्रदायिक द्वन्द्वको कुनै स्थान छैनः सुदन किराती

नेपाली समाजमा धार्मिक र साम्प्रदायिक द्वन्द्वको कुनै स्थान छैनः सुदन किराती

 

काठमाडौं । नेपाली समाजमा धार्मिक, साम्प्रदायिक द्वन्द्वको कुनै स्थान नरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् । आज ललितपुरमा आयोजित नेपाल संवाद शिखर सम्मेलन–२०२३ लाई सम्बोधन गर्दै उनले अहिले धार्मिक द्वन्द्वको कोसिस भए पनि सामाजिक एवं भौगोलिक बनावटको कारणले असफल हुने भन्दै नेपाली समाजमा धार्मिक र साम्प्रदायिक द्वन्द्वको कुनै स्थान नरहेको बताएका हुन् ।

उनले भने, ‘नेपाली समाजमा धार्मिक एवं साम्प्रदायिक द्वन्द्वको कुनै स्थान छैन । विगतमा पनि त्यस्ता किसिमको कोसिस नभएका होइनन् तर म ठोकेरै भन्छु, नेपालको सामाजिक र भौगोलिक बनावटको कारणले यस्ता कोसिस पटकपटक बिफल भएको छ । फेरि पनि कोसिस भइरहेको छ तर बिफल हुन्छ ।’

उनले देशको भौगोलिक र सामाजिक रुपले हेर्दा समुदाय समुदाय र सम्प्रदाय सम्प्रदायबीच द्वन्द्व हुने सम्भावना कम रहेको बताए ।नेपालमा सबै धर्म सम्प्रदाय अल्पसङ्ख्यक रहेकाले कसैले पनि चाहेर अरुमाथि हिंसा मच्चाउन सक्ने स्थिति नरहेको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।