image
image

भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक पठाउँदै एमाले

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्ठलक्ष्मी शाक्यले एमाले सचिवालय बैठकले भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक पठाउने निर्णय गरेको बताएकी छन् । आज नेकपा एमाले रामेछाप काठमाडौं–सम्पर्क मञ्चद्वारा आयोजित शुभकामना आदानप्रदान, सामूहिक देउसी भैलो तथा सांस्कृतिक कार्यक्रममा उनले सरकारले एकद्वार प्रणालीबाट राहत दिने नाममा मनपरि गरिरहेको भन्दै त्यसको व्यवस्थापनका लागि एक हजार स्वयंसेवक पठाउन लागेको बताइन् ।

उनले भनिन्, ‘सचिवालय बैठकले भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक पठाउने निर्णय गरेको छ । म आफैं पनि लागेको छु । सरकारले एकद्वार प्रणालीबाट राहत दिने भनेको छ तर राहत पुगेको छैन, मनपरि भएको छ । आफ्नो मान्छेलाई राहत वितरण गर्ने काम भइरहेको छ । त्यो काम जाजरकोटमा धेरै छ, हाम्रो टोली त्यहाँ पुगेपछि सबै व्यवस्थित हुन्छ ।’

उनले पीडितहरुका लागि बस्नयोग्य एउटा टहरा मात्रै भए पनि बनाउने उद्देश्यका साथ हजार स्वयंसेवक तयार पार्दै गरेको भन्दै तिहारलगतै टोली परिचालन गर्ने बताइन् । उनले भनिन्, ‘स्वयंसेवकको काम पीडितलाई राहत दिने मात्रै होइन, उनीहरुका लागि बस्न योग्य एउटा टहरा मात्रै भए पनि बनाउने हो । यही उद्देश्यका साथ हजार स्वयंसेवक तयार गर्दैछौं । तिहारलगत्तै यो टोली जान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।