image
image
भूकम्प पीडितलाई तत्काल अस्थायी आवास निर्माण गर्न ५० हजार दिइने

भूकम्प पीडितलाई तत्काल अस्थायी आवास निर्माण गर्न ५० हजार दिइने


काठमाडौं । जाजरकोट केन्द्रविन्दु भई पश्चिम नेपालमा गएको विनासकारी भूकम्प पीडितका लागि तत्काल अस्थायी आवास निर्माणका लागि दुई किस्तामा ५० हजार रुपैयाँ दिने विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले निर्णय गरेको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज सिंहदरबारमा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो । ‘विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९ को दफा ५ ९१० ९ग० को प्रावधान बमोजिम तथा विपद् पीडित उद्धार र राहत सम्बन्धी ९सातौ संशोधन मापदण्ड, २०७७ को ३ ९च० अनुसार प्रति लाभग्राही परिवारलाई हाललाई २५–२५ हजार रुपैयाँ गरी ५० हजारका दरले दुई किस्तामा दिइने भएको हो ।

त्यही कार्यविधिबमोजिम अस्थायी आवास निर्माणका लागि राहत रकम उपलब्ध गराउन सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई निर्देशन दिने र उक्त समितिको कोषमा आवश्कता अनुसार रकम विपद् व्यवस्थापन कोषबाट निकासा गरी पठाउने निर्णय बैठकले गरेको छ ।

यस्तै, बैठकले बझाङ भूकम्प पीडितका लागि पनि अस्थायी आवास निर्माणका लागि ५०–५० हजारका दरले रकम उपलब्ध गराउने यसअघिको निर्णयलाई अनुमोदन गरेको छ ।अस्थायी आवास निर्माण गर्न आवश्यक सामग्री सहज र सुलभ ढङ्गबाट उपलब्ध गराउन निजी क्षेत्रलाई अनुरोध गर्ने, निर्माण प्रपक्रयामा सहयोग पुर्याउन राजनीतिक दल, निजी प्रतिष्ठान, सामाजिक, स्वयंसेवी संघ–संस्था एवं सम्बद्ध सरकारी नियहरुलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । यस्तै, गृहमन्त्री नारायणकाजी श्रेष्ठले पीडितलाई नअल्झाई तत्काल जतिसक्दो चाँडो राहत रकम उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।