image
image
चीनको युनान प्रान्तले भूकम्प पीडितलाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने

चीनको युनान प्रान्तले भूकम्प पीडितलाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने

काठमाडौं । चीनको युनान प्रान्तले नेपालको जाजरकोट भूकम्पपीडितलाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ । चीनको खुनमिङमा आयोजित दक्षिण र दक्षिण एसियाली पार्टीहरुको भेला ’सेयरिङ द अचिभमेन्ट अफ द बीआरआई’ कार्यक्रममा सो प्रतिवद्धता जनाइएको पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।

चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग भेटघाट भएको जानकारी दिँदै उनले सो क्रममा जाजरकोट र रूकुमका भूकम्पपीडितलाई युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोगको प्रतिवद्धता जनाएको जानकारी दिएका हुन् । सााथै अध्यक्ष नेपालका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले दश लाख आरएमबी बराबरको आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।