image
image
नेपालको हिमालय क्षेत्रमा जलवायु परिर्वतनको गम्भीर असर देखे : महासचिव गुटेरेस

नेपालको हिमालय क्षेत्रमा जलवायु परिर्वतनको गम्भीर असर देखे : महासचिव गुटेरेस

 

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालय क्षेत्रमा जलवायु परिर्वतनको गम्भीर असर देखेको बताएका छन् । आज सगरमाथा आधार शिविर पुगेका उनले नेपालको हिमालय क्षेत्रमा मौसमी असरको दर्दनाक अवस्था देखेको बताएका छन् । आधिकारीक ट्वीटर ह्याण्डलबाट महासचिव गुटेरेसले, आफू माउन्ट एभरेष्टको आधार शिविरमा पुगेको र आफूले हिमालय क्षेत्रमा जलवायु परिर्वतनको गम्भीर असर देखेको बताएका छन् ।

उनले तापक्रम वृद्धी र हिउ पग्लिने क्रमको बढोत्तरीका कारण समग्र जीवन र जीवनशैली नै चुनौतिपूर्ण बनेको बताएका छन् । उनले हिमालय क्षेत्रमा बढ्दो तापक्रमका कारण पग्लिएको हिउँका कारण समुन्द्रीमा पानीको मात्रा बढ्दै गएकोतर्फ सचेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।