image
image
संघीय लोकतान्तित्र गणतन्त्र स्थापनाको नायक एमाले हो : कृष्णगोपाल श्रेष्ठ

संघीय लोकतान्तित्र गणतन्त्र स्थापनाको नायक एमाले हो : कृष्णगोपाल श्रेष्ठ


काठमाडौं । संघीय लोकतान्तित्र गणतन्त्र स्थापनाको नायक आफ्नो पार्टी भएको नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले जिकिर गरेका छन् । एमाले काठमाडौं महानगर कमिटीले, काठमाडौंमा नेपाल संवत ११४४ को अवसरमा आयोजना गरेको कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्र स्थापनाको नायक एमाले भएको जिकिर गरे ।

उनले भने ‘नेपाल सम्वत् ११४४, नववर्षको भिन्तुना भनेर मात्रै हामी यहाँ जम्मा भएका छैनौं । निरङ्कुश राजासहितको निरदलीय तानाशाही पञ्चायत व्यवस्था फ्याक्ने आन्दोलनमा यो अभियानको प्रमुख भूमिका छ । त्यस्तै आज मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र यहाँसम्म ल्याउँने क्रममा यो एउटा आन्दोलन हो । यो आन्दोलनको नायक नेकपा एमाले हो । हामीले गर्वसँग भन्नु पर्छ ।’

नेकपा एमालेले नै नेपाल सम्वत् मनाउने औपचारिक कार्यक्रम थालनी गरेको उनको भनाई छ । ‘नेकपा एमाले नै यस्तो पार्टी हो, जसले बसन्तपुरमा हुने कार्यक्रममा १११९ देखि नेकपा एमालेको ब्यानरबाट सहभागि भएर आजसम्म यसलाई निरन्तरता दिईरहेको छ कुनै अरु पार्टीको ब्यानर त्यहाँ आउँने आँट गर्दैन् । नेकपा एमाले दृढताका साथ यसलाई अगाडि बढाउँछ यसको पछाडि महत्वपूर्ण भूमिका छ । यो एउटा आन्दोलन हो ।’

राष्ट्रको सुख दुख एमालेको सुख दुखसंग जोडिएको उनको तर्क छ । ‘एमालेको लागि शुभ हुदाँ सिंगो देशको लागि शुभ हुन्छ र एमालेलाई दुख हुदाँ सिंगो नेपाललाई दुख हुन्छ । ११४३ सिंगो नेपाली जनता, राष्ट्र र लोकतन्त्रको लागि दुखत रहेको छ । अब ११४४ मुलुकको लागि एउटा सफल वर्ष सुख वर्ष रहोस् भन्ने कामना गर्न चहान्छु । ’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।