image
image
नेपाल विश्वको असल साथी हो : महासचिव गुटरेस

नेपाल विश्वको असल साथी हो : महासचिव गुटरेस


काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपाल विश्वको असल साथी भएको बताएका छन् । गएराति नेपाल भ्रमणमा आएका गुटरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंगको भेटपछि संयुक्त रुपमा पत्रकारसंग साक्षात्कार गर्दै नेपाल विश्वको साथी भएको र विश्वले पनि राम्रो साथीको रुपमा नेपाललाई हेर्नु पर्ने बताए ।

उनले भने ‘‘नेपाल विश्वको साथी हो । त्यसैले विश्व नेपालको महत्वपूर्ण साथी हुन जरुरी छ । सहकार्य गरेरै हामीले त्यो यथार्थलाई प्रकट गर्न सक्छौँ ।’त्यस्तै उनले नेपालले विश्व शान्तिका लागि पु¥याएको योगदानको खुलेर प्रशंसा गरेका छन् ।

नेपालले राष्ट्रसंघमार्फत शान्ति सैनिक पठाएर विश्वशान्तिका लागि खेलेको भूमिकाको उनले प्रशंसा गरेका हुन् । अर्को प्रसंगमा उनले, नेपालले जलवायु परिवर्तनका कारण भोगेको समस्याबारे आफुले नजिकबाट जानकारी लिएको बताए । जलवायु परिर्वतनका कारण हिमालय क्षेत्रमा परेको असरबारे प्रत्यक्ष रुपमा अध्ययन गर्न आफु त्यसक्षेत्रमा जान लागेको उनले जानकारी दिए ।

उनले भने ‘जलवायु परिर्वतनले समुदायमा परेको असर निक्कै नै दुखदायी छ । म त्यहाँका स्थानीय मानिसहरुलाई भेट्ने छु र उनीहरु कसरी प्रत्यक्ष प्रभावित भएका छन् भन्ने कुराबारे जानकारी लिनेछु । म पोखरा भ्रमणमा जानेछु र सिधैँ लुम्बिनितर्फ लाग्नेछु । त्यहाँबाट भगवान बुद्धले देखाएको शान्ति र अहिसांको बाटो, गहिरोसंग समस्यामा परेको विश्वका लागि आज पनि उतिक्कै महत्वपूर्ण र सान्र्दभिक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।