image
image
गठबन्धनबाट बाहिर निस्कन कांग्रेसलाई एमाले महासचिवको सुझाव

गठबन्धनबाट बाहिर निस्कन कांग्रेसलाई एमाले महासचिवको सुझाव

 

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनबाट बाहिर निस्कन कांग्रेसलाई सुझाव दिएका छन् ।वर्तमान सरकारको गलत रवैयाका कारण मुलुक संकटमा फसेको टिप्पणी गर्दै महासचिव पोखरेलले कांग्रेस गठबन्धनबाट बाहिर निस्केर देशको हितमा लाग्नु पर्ने जनाएका हुन् ।

प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले दलालहरुको पहुँच सरकारको नेतृत्व गरेका शयनकक्षसम्म पुगेको र मुलुकको अर्थतन्त्र डमाडोल भईसक्दा पनि कांग्रेस गठबन्धन भनेर बसेको आरोपसमेत लगाएका छन् । उनका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बर्तमान सत्ता गठबन्धन तस्करको इशारामा चलिरहेकाले मुलुकको सर्बोपरी हितमा काम गर्न सक्ने अवस्थामा छैन ।

‘सरकार माफियाका पछाडि लाग्दा मुलुकको अर्थतन्त्र कमजोर भयो । सरकारले अबैधानिक अर्थतन्त्रलाई प्रोत्साहन र बैधानिक अर्थतन्त्रलाई दुरूस्सहान गरेकाले अर्थतन्त्र बलियो हुन सकेको छैन्’ उनले भने ।

सत्ता गठबन्धनबाट तत्काल बाहिरिन कांग्रेसलाई सुझाव दिएका पोखरेलले गठबन्धनबाट बाहिरिन ढिलाई गरे गठबन्धनसँगै काँग्रेसको भविष्य समाप्त हुने उनको दाबी छ ।‘काँग्रेस जसरी अहिले एक्लै बलियो बन्ने आँट गरेको छैन् । यदि यो गठबन्धन छाड्ने आँट गरेन भने काँग्रेस पनि गठबन्धन सँगसँगै समाप्त हुन्छ,’ उनले भने ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।