image
image
संक्रमणकालिन न्यायको नाममा द्वन्द्व पीडितलाई पीडा दिने प्रयास भइरहेको छ : रवि लामिछाने

संक्रमणकालिन न्यायको नाममा द्वन्द्व पीडितलाई पीडा दिने प्रयास भइरहेको छ : रवि लामिछाने

काठमाडौं । टाउकाको मोल तोक्ने र मोल बुझाउनेहरू पटकपटक सत्तामा बस्दा संक्रमणकालिन न्यायको नाममा द्वन्द्व पीडितलाई थप पीडा दिने प्रयास भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आरोप लगाएका छन् ।

आज ललितपुरको मंगलबजारमा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा सभापति लामिछानेले राष्ट्र संघका महासचिव आउने बेलामा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तालाई लक्षित गर्दै व्यङ्ग्य गरे ।

सभापति लामिछानेले द्वन्द्वपीडितहरु देश बन्ने र न्याय पाउने पर्खाइमा बस्दा हिजो टाउकोको मोल तोक्ने र मतपत्रका माध्यमबाट वेथिति ल्याउनेले अहिले संक्रमणकालीन न्यायलाई पटक पटक सत्तामा बस्दा पनि टुंगोमा नपुर्याएको भन्दै प्रश्न गरे ।

लामिछानेले भने, ‘संक्रमकालीन न्यायनिरुपणको नाममा अहिले फेरि नेताहरूका भेटघाट बढेको छ । अझ राष्ट्र संघका महासचिव आउनुभन्दा अघि नै संक्रमणकालीन न्याय निरुपण गरिसक्ने रे भन्ने सुनिन्छ । हिजो टाउकाको मोल तोक्ने र बुझाउनेहरू त अहिले सरकारमा टाउकै जोडेर सरकारमा बसेका छन् । अहिलेसम्म कसले रोक्यो त ?’

लामिछानेले सुनौलो भविष्य र परिवर्तनको सपना देखाएर जनयुद्धमा हजारौं नागरिकलाई शहीद बनाउने माओवादीको सुनौलो सपना भनेको आफ्ना छोराहरूलाई सुन तस्करी गरेर सुनौलो बनाउने मात्र देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।