image
image
संसदको गरिमालाई जोगाउन सांसदहरुले सामुहिक पहल सुरु गर्नुपर्छ : अग्नी सापकोटा

संसदको गरिमालाई जोगाउन सांसदहरुले सामुहिक पहल सुरु गर्नुपर्छ : अग्नी सापकोटा

काठमाडौं । संसदको गरिमालाई जोगाउन ढिला नगरी सांसदहरुले सामुहिक पहल सुरु गर्नुपर्ने पूर्व सभामुख अग्नी सापकोटाले बताएका छन् । सापकोटाले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउन सभामुखलाई सांसदहरुले सहयोग गर्नुपर्ने बताउँदै सांसदहरुकै सामुहिक पहलबाट संसदीय कार्यलाई गरिमामय बनाउन ढिला गर्न नहुने धारणा व्यक्त गरेका छन्।

‘म संसदका दुवै सदनका सदस्यहरुलाई विशेष रुपमा अपिल गर्छु कि उहाँहरुले सामुहिक रुपमै संसदको गरिमा र प्रतिष्ठालाई उठाउन सामुहिक पहल गर्नुहोस्। अब ढिलो नगरिकन संसदलाई जीवन्त र जनमुखी बनाउन सभामुखलाई सहयोग गर्दै सबैले सामुहिक छलफल आजैदेखि थाल्नुपर्छ,’ नेपाल न्यूज बैंकसँगको कुराकानीमा पूर्व सभामुख सापकोटाको भनाई थियो।

अहिले माओवादी केन्द्रका प्रवक्ताको भूमिकामा रहेका पूर्व सभामुख सापकोटाले संसदीय गतिविधिप्रति आम नागरिकमा छाएको निराशा सांसदहरुले गर्ने राम्रा काम र सामुहिक रुपमा लिने पहलकदमीको थालनी सँगै अन्त्य हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।