image
image
रास्वपालाई देशको विकास र संमृद्धि चाहने नागरिकको पार्टी बनाउँछौं : डोलप्रसाद अर्याल

रास्वपालाई देशको विकास र संमृद्धि चाहने नागरिकको पार्टी बनाउँछौं : डोलप्रसाद अर्याल

 

काठमाडौं । रास्वपालाई नेता र कार्यकर्ताको नभएर देशको विकास र संमृद्धि चाहने नागरिकको पार्टी बनाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले प्रवद्धता जनाएका छन् । आज ललितपुरमा आयोजित एक कार्यक्रममा उनले रास्वपाप्रतिको जनविश्वासलाई धर्रमराउन नदिनेमा जोड दिए ।

उनले भने, ‘रास्वपामा लागेर गुनासो गर्नुपर्ने र गल्ती गरेछु भन्ने त्यो दिन कहिल्यै नआउने गरी रास्वपाको केन्द्रमा बसेर यो संस्थालाई पार्टीमा आवद्ध नेता,कार्यकर्ता र सदस्यहरुको मात्र होइन देशको विकास र संमृद्धि चाहने सम्पूर्ण नेपालीको हो । उहाँहरुले कहिल्यै गुनासो र पार्टीमा लागेर गल्ती गरे भनेर महशुस गर्न नपर्ने पार्टी बनाउने विस्वास तपाइँहरुलाई दिलाउन चाहन्छु ।’

उनले उपत्यकाको कला संस्कृति जोगाउन रास्वपा सधैं लाग्ने समेत धारणा राखेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरले आफ्नो कला संस्कृतिलाई जोगाएर जीवन्त बनाएको भन्दै उनले रास्वपाले उपत्यकाको संस्कृति जोगाउन सधैं लागिरहने बताए ।

रास्वपाका सांसदले सदनमा संस्कृति जोगाउन आवाज उठाउँदै आएको भन्दै उनले भने, ‘तपाइँहरुजस्तै काठमाडौं, ललितपुर र भक्तपुरबासीको कला संस्कृति जोगाइराख्ने त्यो प्रेरणा हामीलाई पनि छ । यहाँका संस्कृतिहरुलाई जोगाइराख्न हर प्रयास गरिरहने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।