image
image
निर्वाचन भन्दा अगाडिको गठबन्धन सैद्धान्तिक हिसाबले गलत थियो : गगन थापा

निर्वाचन भन्दा अगाडिको गठबन्धन सैद्धान्तिक हिसाबले गलत थियो : गगन थापा

 

काठमाडौं, २ असोज । निर्वाचन भन्दा अगाडिको गठबन्धन सैद्धान्तिक हिसाबले गलत भएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन भन्दा अगाडि गर्ने गठबन्धनले लोकतान्त्रिक संस्कृतिलाई विकृत बनाउने हुँदा निर्वाचन भन्दा अगाडिको गठबन्धन सैद्धान्तिक हिसाबले गलत रहेको बताएका हुन् ।

उनले भने,‘नेपालमा लोकतन्त्रको जुन ठाउँमा छौं निर्वाचनको जुन अभ्यासमा छौं । यो सबै ठाउँमा बसेर हेर्दा निर्वाचन भन्दा अगाडि गर्ने गठबन्धनले हाम्रो लोकतान्त्रिक संस्कृतिलाई यति विकृत बनाउँछ जसको कारणले गर्दा हाम्रो लोकतन्त्रले जुन चरित्र र शिषेता बोक्नुपर्ने हो, त्यो सक्दैन । त्यसैले निर्वाचन भन्दा अगाडिको गठबन्धन रणनीतिको हिसाबले फाईदा होला तर सैद्धान्तिक हिसाबले गलत छ । जुन कुरा सैद्धान्तिक हिसाबले गलत छ । त्यसलाई कुनै रणनीति बनाएर देशको सेवा गर्न मिल्दैन ।’

उनले पछिल्लो समयमा विश्वभरी नै प्रजातन्त्रमा पपुलिजमको एकदमै ठूलो चुनौती रहेको टिप्पणी गरे । पपुलिजम रोग जस्तै सल्किँदै आउने भएकाले यसले सबै क्षेत्रमा गाँजेको उनको भनाई छ । उनले भने,‘पछिल्लो समयमा नेपालमा मात्र नभएर विश्वभरी नै प्रजातन्त्रको एकदमै ठूलो चुनौती भनेको नै पपुलिजमको चुनौती रहेको छ । यो पपुलिजम एउटै आकार र स्वरूपमा आउँदैन । यो पनि एउटा रोग जस्तै सल्किँदै आउने हो । यसले मिडियालाई पनि गाँजेको हुन्छ, समाजलाई र हाम्रो संस्थालाई पनि गाँजेको हुन्छ ।’ उनले प्रेसलाई पपुलिजमको रोगबाट नेपालको लोकतन्त्रलाई जोगाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।