image
image
हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर अध्ययन गर्न प्रधानमन्त्री मुस्ताङ प्रस्थान

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर अध्ययन गर्न प्रधानमन्त्री मुस्ताङ प्रस्थान


काठमाडौं, कार्तिक १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानै मुस्ताङ प्रस्थान गरेका छन् ।जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन गर्न प्रधानमन्त्री त्यसतर्फ गएका हुन्।

उनले स्थानीय जनतासँग अन्तरक्रिया पनि गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग पनि छलफल गर्नेछन् ।

सोमबार सुदूरपश्चिमको धनगढीमा मोर्चाको कार्यक्रममा गएका प्रचण्डको छातीमा केही असहजता महसुस भएकाले मंगलबार दिउँसो स्वास्थ्य परीक्षण गराएका थिए । ‘एन्जियोग्राफी’ परीक्षणपछि उनको स्वास्थ्य सामान्य रहेको रिपोर्ट आएसँगै आज बिहानै उनी कार्यतालिका अनुसार नै मुस्ताङ गएका सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।