image
image
सरकारले विद्यार्थी कल्याण कोष स्थापना गर्नुपर्छ : नेता पौडेल

सरकारले विद्यार्थी कल्याण कोष स्थापना गर्नुपर्छ : नेता पौडेल

काठमाडौं, २७ असोज । सरकारी विद्यालयमा दुर्घटनामा परेका विद्यार्थीको सहयोगको लागि सरकारले विद्यार्थी कल्याण कोष स्थापना गर्नुपर्ने नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बताएका छन् । उनले विद्यालयमा विद्यार्थीलाई दुर्घटनामा परी घाइते र अंगभंग भए उपचारको व्यवस्था मिलाउन सरकारले विद्यालयहरुमा विद्यार्थी कल्याण कोष स्थापना गर्नुपर्ने बताए ।

‘विद्यालयमा विद्यार्थीहरु लड्ने वा चोटपटक लाग्ने सम्भावना हुन्छ । विद्यालयभित्रै पनि दुघर्टनामा परेर जीवनभर अपांगता भएको कयौं उदाहरणहरु हामीले देखेका छौं । त्यसैले विद्यालयमा विद्यार्थीहरुलाई दुर्घटनामा पर्दा सहयोग गर्नको लागि विद्यार्थी कल्याण कोष स्थापना गरिनुपर्छ ।’

संसदमा संशोधनको लागि लगिएको शिक्षा विधेयक संशोधन गर्दा सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानका लागि समाजवाद र लोकतान्त्रीक शिक्षाको प्रावधान उक्त विधेयकभित्र देखिनुपर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।