image
image
गैर आवासीय नेपाली नागरिकता प्रदान गरेता पनि कानूनी स्पष्टता आवश्यक : सांसद पुन

गैर आवासीय नेपाली नागरिकता प्रदान गरेता पनि कानूनी स्पष्टता आवश्यक : सांसद पुन

 

काठमाडौं, २५ असोज । गैर आवासीय नेपाली नागरिकता प्रदान गरेता पनि कानूनी स्पष्टता आवश्यक भएको नेकमा माओवादी केन्द्रका सांसद वर्षमान पुनले बताएका छन् । आज प्रतिनिधिसभाको बैठमा विशेष समयमा बोल्दै उनले गैर आवासीय नेपाली नागरिकतामा आगामी दिनमा आवश्यक कानून, नियम र केही कार्य विधिहरु जारी गर्न सरकारलाई ध्यानाकर्षण गराए ।

उनले भने,‘गैर आवासिय नेपाली नागरिकता प्रदान गरेको छ सरकारले त्यसलाई कानूनी रुपले कसरी प्रयोग गर्ने भन्ने अस्पष्टता अझै पनि रहेका छन् । त्यसतर्फ सरकारले आगामी दिनमा आवश्यक कानून, नियम र केही कार्य विधिहरु छिटै जारी गर्न सरकारको ध्यानाकर्षण गर्न चहान्छु ।’ अर्को प्रसंगमा उनले नेपालको अर्थतन्त्र अझैपनि चलायमान हुन नसकेको बताएका छन् ।

नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको भन्दै अर्थतन्त्र चलाएमान गराउँन र निजी क्षेत्रको मनोबल बढाउँन सरकारले कडा कदम चाल्न आवश्यक रहेको उनको भनाई छ । उनले भने,‘लगानी ल्याउँने वातावरण सहज होस भन्न चहान्छु ।सरकारले हाम्रो आर्थिक अवस्था के हो अर्थ मन्त्रालयले समग्र सरकार र मन्त्रिपरिषद्ले यसबारे बोल्नु पर्छ । हाम्रो अर्थतन्त्र चलायमान हुन सकेको छैन्, समस्याहरु धेरै छन् । एउटा बोल्ड कदमको आवश्यकता छ । जसले अर्थतन्त्र चलाएमान गराउँन सकोस, निजी क्षेत्रको मनोबल बढाउँन सकोस ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।