image
image
तत्काल इजरायल भ्रमणमा नजान परराष्ट्रमन्त्रीको आग्रह

तत्काल इजरायल भ्रमणमा नजान परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौ, २३ असोज । तत्कालका लागि इजरायल भ्रमणमा नजान सबैलाई आग्रह गरेका परराष्ट्रमन्त्री एनपी साउदले छन् । संसदको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका आजको बैठकमा उनले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका हुन् ।

इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी गराउँदै उनले संवेदनशील अवस्थामा त्यहाँका भ्रमण नगर्न सरकारको तर्फबाट आग्रह गरेका हुन् ।

उनले भने, ‘अवस्था संवेदनशील छ । त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ ।’ मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको भन्दै यो अवस्थालाई राजनीतिककरण नगर्नसमेत आग्रह गरेका छन् । उनले भने, ‘यो अवस्थालाई राजनीतिकरण नगरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।