image
image
अज्ञानता अन्धविश्वास र लाल्छना न्यूनिकरण गर्न आवश्यक छ : प्रधानमन्त्री दाहाल

अज्ञानता अन्धविश्वास र लाल्छना न्यूनिकरण गर्न आवश्यक छ : प्रधानमन्त्री दाहाल


काठमाडौ, २३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानसिक स्वास्थ्य सँग जोडिएका अज्ञानता अन्धविश्वास र लाल्छना न्यूनिकरण गर्न आवश्यक भएको बताएका छन् । 

मंगलबार विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा उनले समावेश समानता मूलक समाज निमाणका लागि मानसिक विराम भएका मानिसमाथि लानचना र भेदभावलाई मर्यादित र सम्बोधन गर्नुपर्ने बताए । 

उनले भने,‘समाजमा व्याप्त गरिवि, जातीय लैङ्गिक भेदभाव अपेक्षा अनुरूपको जीवन शैली बाँच्न नसक्नु सांस्कृतिक रुपमा अराजकता बढ्दै जानु जस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परिरहेको छ । यस्ता प्रचलनहरु अन्यायपूर्ण र संविधान प्रद्धत मौलिक अधिकार विरुद्ध छ । त्यसैले मानसिक

स्वास्थ्य सँग जोडिएका अज्ञानता अन्धविश्वास लाल्छनाहरुलाई न्यूनिकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउन जरुरी छ । ’मानसिक स्वास्थ्य समस्याले दैनिक १९ जनाले ज्यान गुमाउनु परेको दुखद अवस्था भएको उनको भनाई छ । 

हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित  मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि मूलक कार्यक्रम गरी मनाइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।