image
image
प्रधानमन्त्री दाहालले बोलाए बालुवाटारमा सात दलको बैठक

प्रधानमन्त्री दाहालले बोलाए बालुवाटारमा सात दलको बैठक

 

काठमाडौ, १४ असोज ।प्रधानमन्त्री पुष्पकमल दाहालले संसद् सञ्चालनका विषयमा छलफल गर्नका लागि राजनीतिक दलका नेताहरूलाई छलफलमा बोलाएका छन् । उनले आज बिहान ११ बजे बालुवाटारमा राजनीतिक दलका नेताहरूलाई बोलाएका हुन् । सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नभएको भन्दै एमालेले संसद सञ्चालनमा असहयोग गर्ने बताएको छ ।

सुन तस्करीको छानबिन गर्नका लागि आयोग बनाउने सहमति भएको तर त्यसको कार्यान्वयन नभएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री दाहालले संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका नेताहरूलाई प्रधानमन्त्रीले छलफलमा बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।