image
image
कर्णाली प्रदेश एमाले,आज भावी नेतृत्वका लागि मतदान हुँदै

कर्णाली प्रदेश एमाले,आज भावी नेतृत्वका लागि मतदान हुँदै

 

काठमाडौँ, १४ असोज । नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । अध्यक्षका उम्मेदवार मध्ये दुइले उम्मेदवारी फिर्ता लिए पछि तीन जना भावी अध्यक्षका लागि प्रतिस्पर्धामा छन । मतदान आज बिहान ८ बजेदेखि सुरू हुने भनिएको छ ।

अध्यक्षका पाँच उम्मेदवार मध्ये राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन । निर्वाचन समितिका अनुसार कर्णाली प्रदेशको भावी अध्यक्षका गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका थिए ।

कर्णालीमा अध्यक्षका लागि तीन जनासहित उपाध्यक्षका लागि तीन, सचिवका लागि दुई जना, उपसचिवका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

आज हुने निर्वाचनले एमाले कर्णाली अधिवेशनले पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए । कर्णालीका १० जिल्लाका ६०४ प्रतिनिधिहरूले मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।