image
image
आन्दोलनरत राहत शिक्षक र सरकारबीच पाँच बुँदे सहमति

आन्दोलनरत राहत शिक्षक र सरकारबीच पाँच बुँदे सहमति


काठमाडौं, १२ असोज । आन्दोलनरत राहत शिक्षक र सरकारबीच पाँच बुँदे सहमति भएको छ। शुक्रबार सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, राज्यमन्त्री प्रमिला कुमारी र राहत शिक्षक केन्द्रीय समितिका पदाधिकारीबीच सहमति भएसंगै रात शिक्षकले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।

सहमतिपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले प्रस्तावित विद्यालय शिक्षा सम्बन्धी संघीय ऐन निर्माणमा छुटपुट कुरालाई संसदीय प्रक्रियामार्फत समावेश गर्ने गरी सहमति भएको जानकारी दिए । उनले सम्झौतालाई संसदमा प्रश्तुत गरी संसदीय प्रक्रियामार्फत विधेयकलाई पारित गर्दा सबैकुरा सामेल गरिने प्रतिवद्धता जनाए ।

‘यो प्रश्तावित विद्यालय शिक्षा सम्बन्धी संघीय ऐन निर्माण गर्न यो विधेयक जुन छ, यो विधेयकमा नपुगेका, छुटपुट कुरालाई संसदीय प्रक्रियामार्फत समावेश गरियोस् । ऐन बनाउँदा, कुनै कुरा नछुटोस् भन्ने हिसावले यो शिक्षक महासंघसँग भएको सम्झौताको उत्तरखण्ड हो । त्यो चिजमा सबै शिक्षक साथीहरु उत्साहपूर्वक सहमतिमा आउनुभएको छ ।’ उनले भने ‘अब शिक्षा मन्त्रालयको जिम्मेवारी भएको छ। कि यी सम्झौतालाई संसदमा प्रस्तुत गरी संसदीय प्रक्रियामार्फत पारित गर्दा त्यस चिजलाई सामेल गरियोस्। यो शिक्षा मन्त्रालयको जिम्मेवारी भित्र आएको छ।’सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि शिक्षकहरू असोज ३ गतेदेखि आन्दोलनमा उत्रिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।