image
image
सरकारले तस्कर र अपराधीको संरक्षण गरिरहेको छः अध्यक्ष ओली

सरकारले तस्कर र अपराधीको संरक्षण गरिरहेको छः अध्यक्ष ओली

 

काठमाडौं, १२ असोज । सरकारले तस्कर र अपराधीको संरक्षण गरिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले अहिलेको सरकार तस्कर र अपराधीको संरक्षण गर्ने सरकार भएको आरोप लगाएका हुन्।

पार्टीको कोशी प्रदेश अधिवेशनमा सहभागी हुन आएका ओलीले अहिलेको गठबन्धन सरकारले जनता र देशका लागि राम्रो काम गर्न नसकेको टिप्पणी पनि गरे ।‘यो अपराध संरक्षण गर्ने सरकार हो’ उनले भने, ‘यो तस्कर संरक्षण गर्ने सरकार भयो । यसले नेपाली जनता र देशलाई केही पनि राम्रो दिन सकेन ।’

उनले एमाले सरकारमा जान इच्छुक नभएको पनि बताए ।‘हामी अहिले सरकारमा जान चाहिरहेका छैनौँ । यो सरकार हटाउने हो भने, अर्को त्यस्तो उपयुक्त विकल्प म देख्दिन । प्रमुख राजनीतिक पार्टीहरू जिम्मेवार हुँदा विकल्प हुने भए पनि त्यस तहमा गएर सोच्ने खालको क्षमता सामर्थ कांग्रेसमा मैले देख्या छैन’ अध्यक्ष ओलीले भने ।आजदेखि विराटनगरमा एमालेको कोशी प्रदेश अधिवेशन हुँदैछ । अधिवेशन उद्घाटन गर्न उनी विराटनगर आएका हुन् ।आज उद्घाटन सत्र र अतिथिहरुको मन्तव्य राख्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।