image
image
एमाले बागमती प्रदेश अधिवेशनः अध्यक्षमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा

एमाले बागमती प्रदेश अधिवेशनः अध्यक्षमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा

काठमाडौं, १२ असोज । नेकपा एमाले बागमती प्रदेश कमिटीको भावी नेतृत्वका लागि आज मतदान हुँदैछ । अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराए पनि तीनजनाले उम्मेदवारी फिर्ता लिए पछि आज निर्वाचन हुन लागेको हो । निर्वाचन च्यासल, ललितपुरस्थित पार्टी केन्द्रिय कार्यालयमा हुनेछ । 

अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशव पाण्डेले उम्मेदवारी दर्ता गराएको थिए । तर, अब ढुंगेल र दाहाल बिच मात्रै प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा बचन देउजा छन् भने मकवानपुरका दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन ।
 
विद्युतीय मतदानवाट नेतृत्व चयन गर्न लागेको बागमती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने भनिएको थियो  । तर, सहमतिको प्रयासका लागि हिजो मतदान गराएको थिएन । जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।