image
image
सूचनाको हकसम्बन्धी अधिकारमाथि चुनौति सिर्जना भयो : मन्त्री शर्मा

सूचनाको हकसम्बन्धी अधिकारमाथि चुनौति सिर्जना भयो : मन्त्री शर्मा

काठमाडौ, ११ असोज । भ्रमपूर्ण सूचना आतङ्क बृद्धि भएसँगै सूचनाको हकसम्बन्धी अधिकारमाथि चुनौति सिर्जना भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भनाई छ । ‘अनलाइन स्पेस’लाई सुरक्षित बनाउँदै सूचनाको संरक्षण र सही रुपमा प्रवाह गर्नुपर्नेमा जोड दिँदै उनले सूचना प्रवाहलाई विश्वसनीय बनाउनुपर्ने बताइन् ।

बिहीबार सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस २०८० का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता एवं मन्त्री शर्माले ‘अनलाइन स्पेस’को विकाससँगै भ्रमपूर्ण सूचना आतङ्क बढ्न थालेको दाबी गरिन् । 

उनले भनिन्, ‘अनलाइन स्पेसको विकाससँगै भ्रमपूर्ण सूचना आतङ्क बढ्न थालेको छ । यो पनि  सूचनाको हकको सन्दर्भमा चुनौतिपूर्ण विषय हो । यसले नागरिकको सत्य जान्ने अधिकारलाई कुण्ठित गर्छ ।’

मन्त्री शर्माका अनुसार ‘अनलाइन स्पेस’लाई सुरक्षित बनाउनको लागि कानुनी र संस्थागत प्रयास गरिरहेको छ । सरकारले पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा निती, २०८० जारी गरेको गरेको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।