image
image
मौलिक चाडबाडको संरक्षण र संवर्द्धन गर्ने दायित्व नयाँ पुस्ताको हो : सभामुख घिमिरे

मौलिक चाडबाडको संरक्षण र संवर्द्धन गर्ने दायित्व नयाँ पुस्ताको हो : सभामुख घिमिरे


काठमाडौ, ११ असोज । मौलिकता हस्तान्तरण गर्न नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी रहेको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बताएका छन् । आज इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उनले मौलिक चाडबाडको संरक्षण र संवर्द्धन गर्ने दायित्व नयाँ पुस्ताको रहेको बताएका हुन् ।

उनले इन्द्रजात्रा पर्वले प्रकृतिको संरक्षण, पर्यटकीय तथा आर्थिक विकास र समृद्धिमा समेत टेवा पुगोस् भन्ने कामना व्यक्त गरेका छन् ।उनले काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा मनाइने इन्द्र जात्राजस्ता पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव र

सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्ने विश्वास लिएका छन् । वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी परम्परागतरूपमा नेवार समुदायले मनाउने जात्रा हो । सनातन धर्मावलम्बीका प्रमुख र प्रचलित चाडभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविद्ले पुरानो चाड मान्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।