image
image
नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

 

काठमाडौं, ७ असोज । प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान गर्दै छन् ।‘इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स’ मा सहभागी हुन नेपाली सेनाका प्रधान सेनापती आज भारत जान लागेका हुन् ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुन लागिेको १३ औं संस्करणको उक्त सम्मेलन भोली असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने भए पछि नेपालको प्रतिनिधित्व गर्दै प्रधानसेनापति शर्मा आज दिल्ली पुग्नेछन । सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका ३० भन्दा बढी देशका प्रधान सेनापतिले भाग लिँदैछन् ।

हिन्द–प्रशान्त क्षेत्रका मुलुकबीच साझेदारी एवं सहकार्य, विचार आदानप्रदान र आपसी समझदारी विकास गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको जनाउँदै भारतीय सेनाले सम्मेलनले आपसी हित र सुरक्षा चासोका विषयमा छलफल केन्द्रित गर्नेछ ।

भारतीय सेनाका अनुसार सो सम्मेलनमा आबद्ध राष्ट्रहरुका बिचमा आपसी समझदारी, सुरक्षासँग सम्बन्धित सबै विषयमा विचार एवं आपराधिक र आतङ्कवादी गतिविधि हुन नदिन सूचना आदानप्रदान, यस क्षेत्रमा शान्ति एवं स्थायित्व प्रवर्द्धन, आपसी समझदारी र संवादको प्रक्रियालाई निरन्तर रुपमा अघि बढाउन सम्मेलनमा छलफलको बिषय हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।