image
image
वर्तमान संविधानको पूर्ण पालना र कार्यान्वयनका लागि सबै एकताबद्ध हुन जरुरी छ : कार्यवाहक प्रधानमन्त्री

वर्तमान संविधानको पूर्ण पालना र कार्यान्वयनका लागि सबै एकताबद्ध हुन जरुरी छ : कार्यवाहक प्रधानमन्त्री

 

काठमाडौं, ३ असोज । वर्तमान संविधानको पूर्ण पालना र कार्यान्वयनका लागि सबै एकताबद्ध हुन जरुरी भएको कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् । आज संविधान दिवस, २०८० को अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा शुभकामना दिदै उनले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताएका हुन् ।

उनले संविधानले नेपाली जनतालाई सार्वभौमसक्ता सम्पन्न बनाउनुका साथै नागरिकहरुको राजनीतिक,सामाजिक, तथा आर्थिक अधिकारलाई पूर्णतह संरक्षण गरेको र त्यसको कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले संविधानको पूर्ण कार्यान्वयनमा सबै एक भएर लाग्नुपर्ने आवश्यकता भएको बताए ।

उनले भने, ‘यो संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मूलुकका रुपमा स्थापित गरेको छ । यसले संविधानमा अभिव्यक्त नेपाली जनताको चाहना बमोजिम मूलुकमा जनउत्तरदायी एवं जनमुखी साशन व्यवस्था स्थापना तथा सञ्चालनमा हामी दृढ संकल्पित छौ । यो संविधानको पूर्ण परिपालना र कार्यान्वयनमा हाज हामी सबै एकताबद्ध हुन जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।