image
image
संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि

 

काठमाडौं, २८ भदौ । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको दुई छोराले दागबत्ती दिएका छन् । नेम्वाङको अन्त्येष्टि नेपाली सेनाको एक टुकुटीले तोपसहितको सलामी अर्पण गरेको थियो । यसअघि पशुपति आर्यघाटमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सरकारको तर्फबाट सम्मान व्यक्त गरेका थिए ।

पशुपति आर्यघाट पुगेर सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायतका विभिन्न राजनीतिक दलका शीर्षनेता, नेता तथा कार्यकर्ता शुभेच्छुकले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका थिए । बिहीबार बिहान नेम्वाङनिवास बालुवाटारबाट शवयात्रासहित नेम्वाङको पार्थीव शरीरलाई पशुपति आर्यघाट पु¥याइएको हो ।

मंगलबार च्यालसस्थित पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थीव शरीरलाई बुधबार दिउँसो निजी निवास बालुवाटार लगिएको थियो । बिहीबार निजी निवास बालुवाटारबाट शवयात्रासहित उनको पार्थीव शरीरलाई पशुपति आर्यघाट लगिएको हो । उनको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।