image
image
एनआरएनए ११ औं विश्व सम्मेलन उच्चस्तरीय आयोजक कमिटी गठन

एनआरएनए ११ औं विश्व सम्मेलन उच्चस्तरीय आयोजक कमिटी गठन

 

काठमाडौं, २७ भदौ । परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउद को अध्यक्षतामा ११ औं गैरआवासीय नेपाली संघ विश्व सम्मेलन उच्चस्तरीय आयोजक कमिटी गठन भएको छ ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीका अनुसार राष्ट्रिय आयोजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, परराष्ट्र सचिव, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, अर्थ सचिव, गृहसचिव, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सदस्य रहेका छन् ।

यसैगरी नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत, नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर, नीति, योजना विकास कूटनीति तथा विदेशमा बस्ने नेपालीसम्बन्धी महाशाखा परराष्ट्र मन्त्रालयका सहसचिव, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, नेपाल उद्योग परिसंघका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, गैरआवासीय नेपाली संघका अध्यक्ष र गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत सदस्य रहेका छन् ।

गैरआवासीय नेपाली संघको ११ औं विश्व सम्मेलन तथा महाधिवेसन अक्टोवर १६ देखि २० तारिख सम्म काठमाण्डौं हुदैछ । सो सम्मेलनमा करिब ६० देशका ४ हजार भन्दा बढी प्रतिनिधिहरुको भाग लिने गैरआवासीय नेपाली संघका समाचार संयोजक चिरन शर्माले जनाकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।