image
image

उपाध्यक्ष नेम्वाङको निधनमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं, २६ भदौ ।  नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको आकस्मिक बैठकले पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उनले भने ‘पार्टीको तर्फबाट अस ‘यो बैठकले सुवासचन्द्र नेम्वाङ्को योगदानको मूल्यांकन गर्दै एउटा विशेष शोक प्रस्ताव पारित गरेको छ । सबै पदमा कुशलताका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने, नेपालको राजनीतिक आन्दोलनमा लामो समयसम्म उहाँको अभाव रहिरहने छ । ’ उनले भने ‘उहाँको सम्मानमा तीन दिनसम्म देशका सबै पार्टी कार्यालयहरुमा पार्टी झण्डा आधा झुकाइने छ । पार्टीको केन्द्रीय कार्यालय प्रदेश कार्यालयहरु र इलामको हकमा उहाँको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने, पार्टीसँग सम्बन्धीत सबै कार्यक्रमहरुलाई तीन दिनसम्म स्थगित गरेका छौ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।