image
image
भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरूवात गरियो : अध्यक्ष दाहाल

भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरूवात गरियो : अध्यक्ष दाहाल


काठमाडौं, २३ भदौं । माओवादीलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्ने प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् । 

गोरखाको भच्चेकमा योङ्ग कम्युनिस्ट लीग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादीलाई जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको काम गर्ने एकमात्र पार्टी माओवादी हो भन्ने स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।  

उनले पार्टी पुनर्निर्माणको अभियानमा लागेको भन्दै त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्ने अभियान सफल पार्न जरुरी भएको बताए । 

“अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देश भर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ । यो अभियानमा संलग्न पार्टीका नेताकार्यकर्तालाई शुभकामना दिन चाहान्छु । ठूलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न पनि यो अभियान सफल पार्न जरुरी छ ।“ उनले भने । 
सरकारले सामाजिक सुरक्षा कोषको अभियान, पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरूवात गरेको उनको दाबी छ ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।