image
image

प्राइम बैंकका सबै ग्राहकको खाता नम्बर परिवर्तन हुँदै


 काठमाडौ, २१ भदौ । प्राइम कमर्शियल बैंकका सम्पूर्ण ग्राहकको खाता नम्बर परिवर्तन हुने भएको छ। बैंकले हाल  १० अङ्क / अक्षरमा रहेको खाता नम्बर परिवर्तन गरी भदौ २३ गते शनिवारदेखि २० अङ्कको कायम गरिने जनाएको हो।


नयाँ खाताको कारोबारहरू ग्राहकसँग हाल भइरहेको चेक तथा एटिएम कार्डबाट नै गर्न सकिने तथा मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतका सेवाहरूमा प्रयोग भएका साबिकको खाता नम्बरहरू प्रतिस्थापन गरी बैकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गरिने बैंकले प्रष्ट पारेको छ ।

साथै अन्य सबै निकायहरू जस्तै: ब्रोकर तथा डिम्याट खातामा ग्राहक आफैले नयाँ २० अङ्कको खाता नम्बर अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ । 

बैंकको कोर बैंकिङ System (CBS) अद्यावधिक हुने भएकोलेखाता नम्बर पनि परिवर्तन हुने बैंकले जनाएको छ  । बैंकले भदौ २२ गते शुक्रबार राति १०:०० बजे देखि १२:०० बजेसम्म सिस्टम अद्यावधिक गर्ने छ । सो समयमा एटिएम, मोबाइल बैंकिङ लगाएत सम्पूर्ण सेवाहरू प्रभावित हुने बैंकले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।