image
image

सरकारी पदमा बसेर निजी क्षेत्रलाई पोस्ने सरकारी नीति हो ?–सांसद परियार

काठमाडौ, २१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सरकारी पदमा बसेर नीति क्षेत्रलाई पोस्ने सरकारी नीति हो भन्दै शिक्षा मन्त्रीलाई प्रश्न सोधेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसद परियारले, विश्वविद्यालयमा बसेर सरकारी सेवा सुविधा लिने र निजी क्याम्पस चलाउने प्रवृत्ति घातक रहेको बताए ।

‘सरकारको पदमा बसेर त्रिभुवन विश्वविद्यालयमा बसेर शिक्षा फैलाउनुको सट्टा बाहिर निजी क्षेत्रमा कलेज संचालन गर्ने अनि अनुगमन पनि आफैं जाने अन्य कलेजलाई त्यसको अध्ययन अध्यापनको बारेमा कुनै पनि अनुगमन नगर्ने ।’ उनले भने ‘ शिक्षा क्षेत्रलाई यसरी अगाडी बढाउने यो कहाँको नीति हो ? शिक्षा मन्त्रीलाई मेरो प्रश्न । ’

शिक्षामा भएको चरम राजनीतिका कारण त्रिभुवन विश्वविद्यालय सखाप भएको उनको भनाई छ । विश्वविद्यालय अन्तरगतका संस्थाहरुमा बस्ने र बाहिर निजी क्षेत्रलाई पोस्ने हो भने हामीले भनेको समाजवादले कहाँ लान्छ ? उनको प्रश्न छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।