image
image
महेन्द्र यादवमाथिको आक्रमणप्रति सांसदहरुको आपत्ति, प्रधानमन्त्रीको जवाफ मागियो

महेन्द्र यादवमाथिको आक्रमणप्रति सांसदहरुको आपत्ति, प्रधानमन्त्रीको जवाफ मागियो

 

काठमाडौं, २१ भदौ । सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले कांग्रेसका सहमहामन्त्री तथा संविधानसभा सदस्य महेन्द्र यादवमाथिको सांघातिक आक्रमणप्रति आपत्ति जनाउँदै सरकारसँग जवाफ मागेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा यादवमाथि आक्रमणले अब काठमाडौंमा एक्लै हिँड्न नपाइने अवस्था सृजना भएको हो भन्दै प्रश्न गरेका छन् ।

यादव भाग्यले बाँचेको भन्दै उनले भने, ‘सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको छ । थामथुम पार्ने प्रयास हुँदैछ । यो विषयको गहिरो अनुसन्धान हुनुपर्छ । राम्रोसँग अनुसन्धान होस् । गृहमन्त्रीलाई सोध्न चाहन्छु– काठमाडौंमा एक्लै हिँड्न नहुने हो रु कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ ।’साथै प्रमुख प्रतिपक्षी दल एमालेका सचेतक महेश बर्तौलाले पनि यादवमाथिको आक्रमणप्रति आपत्ति जनाए । उनले यस घटनाका विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।