image
image

सहमहामन्त्रीमाथि भएको खुकुरी प्रहारप्रति कांग्रेस गम्भीर : कडा कारबाही गर्न माग

 

काठमाडौं, २० भदौ । नेपाली कांग्रेसले, सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न सरकारसंग माग गरेको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै , कांग्रेसले खुकुरी प्रहारको घटनालाई गम्भीररुपमा लिएको भन्दै आक्रमण गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरेको छ । 

त्यस्तै सो घटनाको पछाडि हुन सक्ने कारण पत्ता लगाउन आवश्यक गहिरो अनुसन्धानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । ‘ यो घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ। उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’ पौडेलद्वारा विज्ञप्तीमा लेखिएको छ । 

रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि नुवाकोट घर भएका श्यामबाबु सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए । सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।