image
image

बालुवाटारमा रहेको ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा दर्ता हुन्छ : गृहमन्त्री श्रेष्ठ


काठमाडौं, २० भदौ ।  बालुवाटारमा रहेको ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा ल्याउने उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले दाबी गरेका छन् । आज चितवनको माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललिता निवास जग्गा सरकारको स्वामित्वमा ल्याउन ठोस पहल थालिएको दाबी गर्दै छिटै सरकारकै नाममा दर्ता हुने जिकिर गरे ।

उनले भने, ‘बालुवाटारमा ललिता निवास सरकारी जग्गा, दलाल कर्मचारी र प्रभावशाली राजनीतिक व्यक्तिहरु मिलेर व्यक्तिको नाममा लैजाने काम भएको छ । त्यसलाई अनुसन्धान गरेर ती व्यक्तिलाई कानूनको दायरामा ल्याउँने प्रकृया अगाडी बढाईएको छ । छिट्टै त्यो जग्गा सरकार मातहतमा ल्याउँने ठोस पहल कदमी चालिने छ र विश्वास छ । त्यो सरकारी जग्गा छिटै सरकारकै नाममा दर्ता हुने छ।’

उनले ६० किलो सुन तस्करीको जरासम्मै पुग्ने सारा नेटवर्क पहिचानगरी कानूनको दायरामा ल्याई कारबाही गरिने प्रतिवद्धता जनाए । सुन तस्करी प्रकरण अनुसन्धानरत रहेको र केहि दिन भित्रमा नै निष्कर्षमा पुग्ने उनको जिकिर छ । उनले भने, ‘देशभित्र अवैध रुपमा जुन सुनको तस्करी भईरहेको छ ।

अहिले पछिको ६० किलो सुनको तस्करीलाई आधारीत बनाएर त्यसका अपराधीहरुको जरासम्मै पुग्ने सारा नेटवर्क पहिचान गर्ने गरी कानूनको दायरामा ल्याएर कारबाही गर्ने प्रकृया अनुसन्धानरत छ । केहि दिन भित्रै निष्कर्षमा पुग्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।