image
image

गाईजात्रा तथा जनैपूर्णिमा रक्षाबन्धनको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त


काठमाडौ, १४ भदौ ।नेपालीहरूका मौलिक सांस्कृतिक पर्वहरू गाईजात्रा तथा जनैपूर्णिमा रक्षाबन्धनको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना प्रदान गरेका छन् । बिहबिार एक विज्ञप्ति जारि गर्दे उनले सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

‘नेपालीहरूका मौलिक सांस्कृतिक पर्वहरू गाईजात्रा तथा जनैपूर्णिमा रक्षाबन्धनको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

प्राचीनकालदेखि नै नेपाल विभिन्न जातजाति, भाषाभाषी, सभ्यता र संस्कृतिको संगमको रूपमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकतासहित अक्षुण एवं सार्वभौम राष्ट्रका रूपमा रहिआएको छ । जाति, भाषा र पर्वहरूको विविधताले सभ्यता र संस्कृतिमा नेपालको वैशवशाली गौरव प्रमाणित गर्दछन् । यो हामी सबै नेपालीहरूका निम्ति ऐतिहासिक पहिचान र आत्मसम्मानको विषय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।