image
image

ललितानिवास जग्गा प्रकरण :आज पनि जिल्ला अदालतमा बयान हुँदै


काठमाडौ, १२ भदौ । ललितानिवास जग्गा प्रकरणमा थुनिएकाहरूको बयान आज पनि काठमाडौं जिल्ला अदालतमा हुने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५७ दिन लगाएर अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार मुद्दा दर्ता गरेको हो । सीआईबीले प्रतिवेदनमा संगठित अपराधमा र किर्तेमा मुद्दा चलाउन राय दिएपनि सरकारी वकिलले भने पश्चातदर्शी कानुन लगाउन नमिल्ने जनाउँदै किर्तेमा मुद्दा चलाएको हो ।

सोमबार उक्त प्रकरणमा थुनामा रहेकामध्येका शिव भट्टराई र रूद्रकुमार श्रेष्ठको बयान न्यायाधीश भोलानाथ ढकालको रोहबरमा भएको छ । आज चार जनाको बयान लिने काठमाडौं जिल्ला अदालतले तयारी गरेको छ । 

ललितानिवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिनामा चार पूर्वमन्त्री, सञ्चारसचिव कृष्णबहादुर राउत, गृह मन्त्रालयका सहसचिव सुशील वैद्यसहित सरकारी वकिल कार्यालयले २८९ जनासहित मृत्यु भइसकेका २१ लाई पनि प्रतिवादी बनाएर किर्ते मुद्दा दायर गरेको छ । ललितानिवास जग्गा प्रकरणमा १८ जना थुनामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।