image
image
राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ : प्रधानमन्त्री दाहाल

राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ : प्रधानमन्त्री दाहाल


काठमाडौं, ५ भदौ । संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तोगरि संसद् सुचारु गर्न आफुसहित संसदमा रहेका प्रमुख दलहरु निरन्तर सक्रिय रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले राजनीतिक दलहरुको बीचमा समझदारी निर्माणमा राष्ट्रपतिको शुभेच्छा सकारात्मक भएको बताएका हुन् । संसद सुचारु गर्न दलहरू करिब करिब सहमतिको नजिक पुगेको जनाउँदै प्रधानमन्त्री दाहालले राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गरेका छन् ।

‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरुको बीचमा समझदारी बनोस भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ,’ प्रधानमन्त्री दाहाललाई उद्धत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने,‘यसमा कसैले विमति राख्नुपर्ने कारण छैन् । हामी निरन्तर छलफलमा छौ । संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौ । राष्ट्रपतिको शुभेच्छा प्रति आभार व्यक्त गर्दछु ।’
विपक्षी एमाले भने राष्ट्रपतिले बोलाएको बैठकमा सहभागि भएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।