image
image

राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय समितिको बैठकले बोलाएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले भदौं ७ र ८ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाएको हो ।

बैठकमा अध्यक्ष थापाले राजनीतिक कार्यपत्रसँगै राजसंस्थाको विषयमा पार्टी आधिकारिक धारणा बारे प्रतिवेदन पेश गर्ने छन् । उपाध्यक्ष विष्णु भण्डारीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन, महामन्त्रीको सांगठनिक, कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस हुनेछ । बैठकमा आन्दोलनको तयारी र राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्यका विषयमा पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।