image
image

सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढेको छ : प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठ

 

काठमाडौं, ४ भदौ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढेको बताएका छन् । संसदीय सुनुवाई समितिमा सुनुवाईको प्रकृयामा श्रेष्ठले न्यायपालिकामा कार्यबोझ र न्यायसम्पादनको स्तरको उल्लेख गर्दै पछिल्लो दश वर्षको तुलनामा अदालतमा कार्यबोझ पनि तीन गुणाले बढेर गएको बताएका हुन् ।

उनले भने, ‘२०६१ साल मसान्तसम्म १ लाख १० हजार १ सय २ मुद्दा थियो । तर, २०८० साल असार मसान्तसम्म ३ लाख ३७ हजार ६ सय २ मुद्दाको संख्या पुगेको छ । मुद्दाहरु करिव तेब्बर संख्यामा दर्ता हुने क्रम बढेको छ ।’
१० वर्ष अगाडि फछ्यौट दर हेर्दाखखिी १० वर्ष अगाडि जम्मा ५४ हजार ४ सय ४४ मुद्दाहरु फछ्यौट भएको चर्चा गर्दै उनले तर ८० साल असार मसान्तसम्म १ लाख ८१ हजार ३ सय ३८ मुद्दा फछ्यौट भएका जानकारी गराए ।

उनले भने ‘ सर्वोच्चको कार्यबोझ हेर्दाखेरि १० वर्ष अगाडि सर्वोच्चमा जम्मा २४ हजार ५ सय ७० मुद्दा पर्थे र फछ्यौट ६ हजार ७९६ मात्र हुन्थो । अहिले असार मसान्तसम्म ४० हजार ३०३ मुद्दाको दर्ता संख्या रह्यो । र त्यसमा १२ हजार १६२ फछ्यौट अर्थात् १० वर्ष अगाडिको तुलनाको रुपमा सवैभन्दा धेरै सवोच्चले फैसला गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।