image
image

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई आज

 

काठमाडौं, ४ भदौं । आज सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि संसदीय सुनुवाई हुँदैछ । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाई समितिमा आज श्रेष्ठविरुद्ध सुनवाई हुन लागेको हो ।

समितिका अनुसार पहिलो चरणमा उनी विरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल हुने र त्यसपछि प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठसँग समितिले सुनुुवाई सुरु गर्नेछ । जसअनुसार प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग बिहान साढे १० बजे छलफल सुरु हुनेछ भने त्यसपछि साढे ११ बजे श्रेष्ठलाई बोलाएर समितिले सुनुवाई सुरु गर्नेछ ।

समितिका सचिव पद्म प्रसाद पाण्डेका अनुसार प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध इमेलबाट दुई वटा र पत्रमार्फत एउटा उजुरी परेका छन् । तर इमेलबाट उजुरी गर्नेहरु सम्पर्कमा नआएकाले आज एक जना उजुरीकर्तासँग मात्र समितिले छलफल गर्नेछ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि गत साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।सोही अनुसार आज संसदीय सुनुवाई हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।