image
image

जनताको सक्रियता र सहभागिता बिना राजनीति परिवर्तन हुँदैन : मन्त्री बस्नेत


काठमाडौं भदौ २ गते । देशमा व्यवस्था बद्लिए पनि अवस्था भने अपेक्षाअनुरुप बद्लिन नसकेको जलश्रोत तथा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । आज काठमाडौंमा आयोजित दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीको १९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले राजनीति परिवर्तन र व्यवस्थाको लागि जनतालाई केन्द्रमा राख्ने तर आर्थिक सामाजिक रुपान्तरणको कुरा आउँदा विरहरुको खोजी गर्ने प्रवृतिले अवस्था बदल्न अपेक्षाअनुरुप बद्लिन नसकेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘राजनीति परिवर्तन र व्यवस्थाको लागि जनतालाई केन्द्रमा राख्छौं र आधारभूत पक्ष बनाउँछौं जनता इतिहासका निर्माता हुन् । जनताको सक्रियता र सहभागिता बिना राजनीति परिवर्तन हुँदैन । आर्थिक सामाजिक रुपान्तरणको कुरा आउँदा विरहरुको खोजी गछौं । व्यवस्था बद्ल्छौं तर अवस्था बदल्न अपेक्षाअनुरुप सक्दैनौ ।’

मन्त्री बस्नेतले जनताले आर्थिक सामाजिक क्षेत्रमा सहभागी हुन पाउने वातावरण निर्माण गर्न सहकारीको भूमिका र महत्वलाई अझ गम्भीरताका साथ सरकारले लिने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।