image
image

नेपाली कांग्रेसको पहिलो चरणको अभियान सकियो

काठमाडौ, ३१ साउन । सत्तारूढ नेपाली कांग्रेसको संगठन सुदृढीकरणका लागि साउन २० गतेदेखि सुरु गरेको दश दिने अभियान सकिएको छ । साउन २० देखि ३० गतेसम्म कांग्रेसले आन्तरिक संगठन सुदृढिकरणका लागि अभियान सञ्चालन गरेको हो ।

सभापति शेरबहादुर देउवाको १८ बुँदे निर्देशन बोकेर जिल्ला पुगेका केन्द्रीय प्रतिनिधिहरू काठमाडौं फर्कन थालेका छन् । पार्टी संगठनको अवस्था, विधानअनुसार गठन हुनुपर्ने संरचना गठन भए नभएको एवम् स्थानीय सरकार र पार्टीबीचको सम्बन्धनजस्ता विषयमा सहजीकरण गर्नुका साथै केन्द्रमा प्रतिवेदन पेस गर्नेछन् ।

पार्टीका सबै तहका बैठक राख्नुका साथै भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरू छलफलपछि कांग्रेसले भदौ १० देखि २४ गतेसम्म दोस्रो चरणको राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

साउन १० गते सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी संगठन सञ्चालनका लागि एक वर्षे कार्यक्रम तयार गरेको छ । नयाँ पुस्तासँग जोडिने गरी कुनै अभियान सञ्चालन गर्न नसक्दा संगठन निरन्तर क्षयीकरण हुँदै गएको निष्कर्षमा पुगेको कांग्रेसले त्यसलाई जोगाउन पार्टीका दुई भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा विधानको व्यवस्थाबाहिर गएर ७ सय र ४ सयको केन्द्रीय समिति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।