image
image

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र थाई नेपाली संघका पदाधिकारीबीच भेटवार्ता

 

काठमाडौं, ३० साउन । थाई नेपाली संघ थाइल्याण्डका पदाधिकारीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गरेका छन् । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा मंगलबार भएको भेटमा थाइल्याण्डमा बसोबास गर्दै आएका नेपालीमूलका नेपालीभाषी थाई नागरिकलाई गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेका छन् ।

भेटमा अध्यक्ष तिमिल्सिनाले थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली मुुलका नागरिकका समस्याहरु समाधानका लागि आफ्नो ठाउँबाट पहल गर्ने आवश्वासन बताए ।

थाई र नेपालबाट दोस्रो विश्व युद्धताका म्यान्मार हुँदै थाइल्याण्ड पुगेका नेपाली नागरिकका चौथो पुस्तासम्म बसिसकेका छन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले उपलब्ध गराउने परिचयपत्र पाउनसमेत थाइल्याण्डमा लामो समय बसोबास गरेका नागरिकलाई सदस्य बनाउन कठिन भएको छ ।

गैरआवासीय नेपाली संघको परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्न भिषा र अन्य सुविधाबाट बञ्चित हुनु परेको र नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउनका लागि पनि परिचयपत्र आवश्यक भएको नेपाली संघ थाइल्याण्डकी अध्यक्ष वासाना राईले बताइन् । थाइल्याण्डमा झण्डै १ लाख नेपाली भाषी नागरिक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।