image
image

विमानस्थलबाट बरामद सुनको वास्तविक तौल ६० केजी ७ सय १६ ग्राम


काठमाडौं, ३० साउन । त्रिभुवन विमानस्थल बाहिर बरामद गरिएको तस्करी गरेर ल्याइएको सुनको तौल ६० केजी ७ सय १६ ग्राम मात्रै मापन भएको छ ।तौल गाल्ने काम सकिएसँगै उक्त करिव एक क्विन्टल भनिएको सुनलाई मोटरसाइकलको ‘ब्रेक सु’ बाट छुट्याएर गालेपछि तौल मापन गर्दा ६० केजी ७ सय १६ ग्राम मात्रै पाइएको टक्सर महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिएका छन् ।

उनले भने, ‘धेरै हंगामा मच्चाएको सुन तस्करी काण्ड भन्नेमा हामीले ल्याउँदाखेरी सबै पोकाहरुसहित १ सय ५५ केजी ६८ ग्राम भएकोमा त्यसका बे्रक सु र कार्टुनहरु, अन्य कच्चापदार्थहरु छुट्याएर आएको तौल थियो ६० किलो ७ सय ७९ ग्राम । आज हामीले गाल्ने काम गरेका छौं । गालिसकेपछि धेरै ठूलो जर्ती गएन । गालिसकेपछि ६० किलो ७ सय १६ ग्राम सुनको तौल आएको छ । यसमा ३४ ओटा सुनको विस्किट साँचोमा बनेका छन् । जर्ती ७३ ग्राममात्र गएको छ ।’

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा आज बिहान साढे १० बजेबाट सुन गाल्न थालिएको थियो । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान गरिएको र त्यसैअनुसार सुन घटेको आर्चायको भनाई छ । अब सुनको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले बताए । सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सुम्पिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।