image
image

एकीकृत समाजवादीका अध्यक्ष नेपाल नामका मात्रै वामपन्थीः अध्यक्ष ओली

काठमाडौं, ३० साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई नामको मात्रै वामपन्थी भएको बताएका छन् । आज नेकपा एमाले बागमती प्रदेशको प्रशिक्षण कार्यक्रममा उनले नामै किटेर माधव नेपाल युवा आन्दोलन समाप्त पार्न वामपन्थीको साइनबोर्ड र स्वार्थको झोला बोकेर मरिमेटेको आरोप लगाए ।
‘
विचरा माघव नेपाल नाम त लिन नहुने हो तर युवा आन्दोलन समाप्त पार्न यति तल गिरे, अदालत गए, कहाँ गएनन् के गरेनन् होला र प्रतिक्रियावादी दक्षिण पन्थी सरकार बनाए दुई तिहाई बहुमतको सरकार ढालेर यो पार्टीको वरिष्ठ नेता हुँदा हुँदै पछाडिबाट गएर हाम्रो सरकार गिराउँन खोज्ने, खासमा झोले भनेका वामपन्थी भनेर दक्षिणपन्थीको झोला बोकेर हिन्ने हुन् । नामका वामपन्थी, साईन बोर्ड वामपन्थी भनेर स्वार्थको झोला बोकेका छन् । ’ उनले भने ।उनले दुई तिहाईको सरकार ढालेर पार्टीको वरिष्ठ नेता हुँदा हुँदै पछाडिबाट गएर रकार गिराउँन खोजेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।