image
image

सुन तस्करी प्रकरण, सरकारलाई अनुसन्धानमा सघाउन तयार छुः कृष्णबहादुर महरा


काठमाडौं, ३० साउन । सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको पूर्वसभामुख कृष्णबहादुर महराले बताएका छन् । 
सुन तस्करीमा उनको संलग्नता रहेको आशंका गर्दै अनुसन्धानको दायरामा ल्याउनुपर्ने आवाज उठिरहेका बेला मंगलबार दाङमा पत्रकारसँग कुरा गर्दै महराले अनुसन्धानमा सघाउन आफू तयार रहेको बताएका हुन् । 
 
सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर  बाहिर आएको विषयमा अनुसन्धानका लागि सरकारलाई सघाउन आफू तयार रहेको उनको भनाइ छ । ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका  लागि सघाउनका निम्ति तयार छु । छानबिनमा सरकारलाई सघाउन तयार रहेको कुरा भन्दै पनि आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु ? ,’ उनले भने । 

 चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बताएकाा उनले सुन तस्करी प्रकरणमा विनाकारण आफ्नो नाम मुछिएको आरोप लगाए । वाङको नाम सुन तस्करी प्रकरणमा मुछिएको छ । तर, महराले वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।