image
image

नेकपा एमाले र नेपाली कांग्रेसले सदन कब्जा गरे : रवि लामिछाने

काठमाडौ, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेकपा एमाले र नेपाली कांग्रेसले सदन कब्जा गरेको बताएका छन् । नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवन नयाँबानेश्वरमा पत्रकारसित कुरा गर्दै रास्वपाका सभापति रवि लामिछानेले सभामुखको कार्यशैलीप्रति पनि प्रश्न उठाएका छन् ।

सभापति लामिछानेले सदन हाइज्याक भएको आरोप लगाएका छन् । ‘संसद हाइज्याक भयो, हाइज्याक गर्न पाइँदैन’ सभामुख देवराज घिमिरेप्रति लक्षित गर्दै लामिछानेले भने, ‘दल छाडेर सदन छिरेपछि त्यो सम्मानित कुर्सीमा बसेपछि दलको बन्न पाइँदैन ।’

आफूसँग केही सूचना भएको र ती सूचना संसदमा रेकर्ड गराउन चाहेको तर सभामुखले त्यो अवसर नदिएको उनले बताए । ‘संसदीय मूल्यमान्यता सिद्धान्तमा अडिग रहेर आएको हामी जस्तो नयाँ राजनीतिक दलका लागि यो दुखद विषय भयो’ लामिछानेले भने, ‘हामीले यस्तो अपेक्षा गरेकै थिएनौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।