image
image

बालुवाटार जग्गा प्रकरण, मैले कुनै गल्ति गरेको छैन् : अध्यक्ष नेपाल

काठमाडौं २९ साउन । बालुवाटार बालुवाटार जग्गा प्रकरणमा आँफूले कुनै गल्ति नगरेको एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन् । युरोप भ्रमणपछि आज बिहान स्वदेश फर्किएका नेपालले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आँफूले कुनै बदमासि नगरेको दाबी गरेका छन् ।

अध्यक्ष नेपालले भने ‘नबिराउनु नडराउनु मैले केही पनि विराएको छैन् । कुनै बदमासि गरेको छैन् । कुनै अपराध गरेको छैन्, कुनै भ्रष्टचार गरेको छैन् । कुनै पनि लेनदेन गरेको छैन् । यो सबै स्थितिको कारणले गर्दा म आत्तिएको छैन् । र अलि अलि चित्त दुखेको छ । ’

अहिले देश अन्यौलको अवस्थामा रहेको भन्दै उनले छानबिनमा सहयोग गर्न तयार रहेको उनको भनाई छ । ‘के गरौलाँ भनेको के पो भयो भने जस्तो देशको स्थिती छ । बालुवाटार प्रकरणमा त्यो काम कुन प्रधानमन्त्रीको कार्यकालमा भएको हो भनेर भन्ने कुरामा संभवत मेरो नाम अरु भन्दा अग्रपन्तमिा पर्दछ । त्यस्तो केही बदमासि केही भएको छ भने त्यसको छानबिन होस त्यसमा मेरो तर्फबाट के सहयोग गर्नु पर्ने हो मेरो सहयोगी भुमिका रहनेछ ।’

‘सर्वोच्चबाट अघिल्लो दिन बेलुका ललिता निवास छानबिन अघि बढाउनु भनेर भनियो । म प्रधानमन्त्री भएको बेला जग्गासम्बन्धी कतिपय निर्णय भएको थियो । माधव नेपाल भाग्यो भनेर लेखे । माधव नेपाल भाग्ने खालको मान्छे हैन भन्ने बुझ्नुपथ्र्यो । राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे हैन । कुनै गल्ती अपराध बदामासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रममा जाने अवस्था बन्यो म गएँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।