image
image

चीनको साताव्यापी भ्रमणमा जाँदै उपराष्ट्रपति यादव


काठमाडौं २९ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादव चीनको साताव्यापी भ्रमणमा निस्कने भएका छन् । चीनको कुनमिङ्गमा आयोजना हुने सातौँ चीन दक्षिण एशिया प्रदर्शनी र २७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति यादव चीन प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुन उनी आज दिउँसो ४ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने छन् । । उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीसहितको टोली रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।